काठमाडौ । रेशम चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका चौधरीविरूद्ध परेको रिटमा ५ महिनापछि दोस्रो सुनुवाइ हुन लागेको हो।
०७२ भदौमा २ वर्षीय बालक र ७ जना प्रहरीको मृत्यु हुनेगरी भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
०७५ फागुनमा सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
रिहा भएपछि टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।