२० वर्षपछि पक्राउ परे फरार प्रतिवादी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २० वर्षपछि पक्राउ परे फरार प्रतिवादी

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, मंगलवार

    तनहुँ/जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध मुद्दाका प्रतिवादी शुक्लागण्डकी नगरपालिका–४ बस्ने कृष्णबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई मङ्गलबार निजकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयाे । निज विरुद्ध रुपन्देही जिल्ला अदालतले विसं २०५७ माघ ८ गते लागुऔषध मुद्दामा रु ९५ हजार ९ सय जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

    यसैगरी प्रहरीले मङ्गलबार नै लागुऔषध मुद्दाकै अर्का प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–१ बस्ने सन्तमान गर्जा मगर रहेका छन् । निज विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७१ चैत २५ गते दुई महीनाको कैद फैसला सुनाएको थियो । निजले एक महीना १५ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले जिल्ला अदालत पेश गरिएको छ ।