चितवन । माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ।
मुग्लिन-नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिए।
मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ। उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो।
यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ।