मेस्सीले जिते फिफा वेष्ट अवार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीले जिते फिफा वेष्ट अवार्ड

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्।

    म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा सोमबार आयोजित कार्यक्रममा पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्।

    अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारे। पेरिस सेन्ट जर्मेन पिएसजनीका फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

    सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जिते।

    सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल गरेको थियो।

    ३६ वर्षीय मेसीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीमा जानुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए।