व्यासले नकुहिने फोहर नउठाउने, घरमै राख्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले नकुहिने फोहर नउठाउने, घरमै राख्न आग्रह

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले नकुहिने फोहर सङ्कलन बन्द गरेको छ । नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि बुधबारदेखि सदरमुकाम क्षेत्रमा उत्पादन हुने नकुहिने फोहर सङ्कलन स्थगित गरिएको जनाएको छ ।

    विशेषकारणवश नकुहिने फोहरको केही दिन व्यक्ति स्वयमंले घरमै सुरक्षित राख्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाका प्रवक्ता जीवन गुरुङले कुहिने फोहरमात्रै एक दिन बिराई सङ्कलन हुने जानकारी दिए। उनले भने, “कुहिने फोहर र नकुहिने फोहर घरघरबाट छुट्याउने कार्य भएतापनि नकुहिने फोहरमा कुहिने फोहर अझै मिसिएको अवस्था छ । जसले गर्दा नकुहिने फोहर बिसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएको स्थानीयवासीको गुनासो छ ।”

    एकदिन बिराएर फोहर सङ्कलनका लागि गाडी आउने हुँदा नुकुहिने फोहरलाई अलग गरेर कुहिने फोहरमात्रै नगरपालिकाको गाडीमा बिसर्जनका लागि उनले आग्रह गरे।

    नगरपालिका फोहरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागेपनि सफल हुन सकेको छैन । विगत ३० वर्षसम्म स्थायी समाधानका लागि विभिन्न विकल्पमा कार्य भइरहेपनि समाधान हुन नसकेको उनकाे भनाइ छ ।