दमाैली । नेपाली काङ्ग्रेस तनहुँले ‘समुदायमा काङ्ग्रेस’ अभियान सुरु गरेकाे छ । पार्टीकाे केन्द्रीय समितिकाे निर्देशन बमाेजिम शनिबारबाट उक्त अभियान जिल्लामा पनि सुरु भएकाे हाे ।
पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि सत्तार मियाँकाे उपस्थितिमा उक्त अभियान सुरु भएकाे हाे। अभियान माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा गण्डकी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य किरण बाबु श्रेष्ठ र पदम परियारलाई बधाई एवम् शुभकामना प्रदान गरिएकाे थियाे ।