दमौली । नेपाल बार एसोसिएशनको आन्दोलनमा तनहुँ बार इकाईले समर्थन जनाएको छ । न्यायालयमा भएको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्ध र न्यायपालिकाको जनआस्था अभिवृद्धिका निम्ति बारले थालेको आन्दोलनमा तनहुँ इकाईले समर्थन जनाएको हो ।
तनहुँ जिल्ला अदालत बार इकाईका अध्यक्ष डम्बरदेव हड्खलेको नेतृत्वमा मंगलबार अदालत परिसरमा व्यानर टॉगिएको छ ।
न्याय परिषद्मा नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन खारेज गर्नुपर्ने, न्यायालयमा भएको भ्रष्टाचार, विकृति विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्ने लगायतका माग राखी बारले दबाबका कार्यक्रम ल्याएको उनले बताए ।