फागुनको अन्तिम मंगलबार थानीमाईमा १५ डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फागुनको अन्तिम मंगलबार थानीमाईमा १५ डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०८०, बुधबार

    दमौली । तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा फागुनको अन्तिम मंगलबार १५ फूलको डोली भित्रिएको छ । विभिन्न ठाउँबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् ।

    नेपाली सेनाको रुरुभैरव दल गणले पनि मन्दिरमा फूलको डोली भित्र्याएको छ ।

    विशेष गरी कात्तिक, मंसिर माघ महिनामा यहाँ भक्तजनहरु फूलको डोली चढाउन पुग्नुका साथै दर्शनका लागि भक्तजनहरु जाने गर्दछन् ।