दमाैली । सरसफाई विज्ञ नमस्तेलाल भूमिका बारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी भूमिका बारेमा लेखिएको उक्त पुस्तकको दमौलीमा शनिबार आयोजित कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले विमोचन गरेका हुन् ।
पुस्तकमा उहाँका बारेमा लेखिएको र प्रस्तुत गरेका कुराहरुको पाँच÷पाँच विधा र विषयमा गरी २५ विषय समेटिएको छ । उक्त पुस्तकमा विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा छापिएका सामग्री सङ्कलन गरिएको छ ।
नकरात्मक कुराहरुले जरो गाडेको वर्तमान परिप्रेक्ष्यमा सकरात्मक सोचको भावना विकास गर्ने उद्धेश्यसहित पुस्तक प्रकाशनमा ल्याइएको सरसफाई विज्ञ भूमिले जानकारी दिए ।
पुस्तक विमोचन कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयोजक विश्व बास्तोलाले नमस्तेलाल भूमिले देश तथा देशबाहिर पु¥याउनुभएको योगदानलाई एकीकृत गरी पुस्तक प्रकाशन गरिएकाले यो एक दस्ताबेज बन्न सक्ने उल्लेख गरे ।
पुस्तकमा नमस्तेलालबारे देशका ठूला पाँच दैनिकले छापेका पाँच सामग्री, पत्रिका, स्मारिका लगायतमा छापिएका पाँच अन्तवार्तासार, पाँच कविता, अन्तर्राष्ट्रिय मिडियामा नमस्तेलालका पाँच सामग्री समेटिएको छ ।
तनहुँको बन्दीपुरमा जन्मिनुभएका भूमिले युनिसेफ, लुथरेन वल्र्ड सर्भिस, अमेरिका पिस कोस्र्प, युनाइटेड मिसन अफ नेपालमा काम गरिसक्नुभएको छ । विशेषगरी नेपालमा खुला दिसामुक्त घोषणाको सन्दर्भमा उनले सरसफाईको क्षेत्रमा योगदान दिएका थिए ।
उनले यसअघि आफ्नै माटो आफ्नै बाटो र सकारात्मक सोच, खोज र रोज पुस्तक प्रकाशन गरिसकेका छन् ।