तनहुँका दश कराँते प्रशिक्षक सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँका दश कराँते प्रशिक्षक सम्मानित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेपाल कराँते महासङ्घ गण्डकी प्रदेशले तनहुँका दश जना राष्ट्रिय प्रशिक्षकलाई सम्मान गरेको छ । तनहुँबाट राष्ट्रिय स्तरको प्रशिक्षक हुन सफल भएकालाई बिहीबार दमौलीमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा मनिराज थापा, किशोरराज खनाल, विश्वकुमार बुढा, नविना थापा, प्रेम श्रेष्ठ, श्रीप्रसाद पुलामी, महादेव रानाभाट, कमलकुमार थापा, विवेक थापा र विजय राना रहेका छन् ।

    उनीहरुलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सम्मान गर्दै कराँते खेलको विकास र प्रबद्र्धनका लागि नगरपालिका सदैव तयार रहेको बताए।

    कराँते महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापाले स्थानीय सरकारको कम सहयोगका कारण जिल्लास्तरमा कराँते खेल सञ्चालनमा कठिनाइ हुँदै आएको बताए।

    कार्यक्रममा व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, भलिबल सङ्घका अध्यक्ष पदम सुनार, टेबलटेनिस सङ्घ प्रदेश सदस्य कविराज श्रेष्ठ लगायतले कराँते खेलतर्फ आकर्षण बढेकाले सरोकारवालाले यसतर्फ सहयोग गर्नुपर्नेमा जोड दिए।