वेष्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    वेष्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले हरायो

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८१, सोमबार

    काठमाडौ । आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा वेष्टइन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेको छ।

    वेष्टइन्डिजले १३७ रनको सामान्य लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। वेष्ट इन्डिजका लागि रोस्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले। धर्मराएको टोलीलाई चेश र आन्द्रे रसेलले जितसम्म डोर्‍याएका थिए।

    ओपनर ब्रेन्डन किंग २९ बलमा ७ चौकासहित ३४, जोनसन चार्ल्स शून्य, निकोलस पुरन २७, रोभम्यान पावेल र आन्द्रे रसेलले १५/१५ रन बनाए।

    पपुवा न्युगिनीका असाद भालाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए। एली नओ, चाद सोपर, जोन कारिकोले एक/एक विकेट लिए।

    त्यसअघि प्रोभिडेन्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।