दुई दिन तनहुँ दौडाहामा के-के गरे डा. स्वर्णिम वाग्लेले ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई दिन तनहुँ दौडाहामा के-के गरे डा. स्वर्णिम वाग्लेले ?

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८१, सोमबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले दुई दिन जिल्ला भ्रमणका क्रममा आगलागी पीडित, हावाहुरी पीडितसँग भेट गरेका छन् ।

    जेठ १८ र १९ गते जिल्ला दौडाहाका क्रममा उनले विभिन्न वडाको स्थलगत निरीक्षण, राहत उद्धारबारे प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेको जानकारी दिएका छन् । त्यस्तै यसबारेमा संसदमा बोल्ने समेत उनले उल्लेख गरेका छन् ।

    तनहुँ दौडाहा (जेठ १८-१९)
    १. जेठ १७ मा आएको हावाहुरीले पुर्याएको क्षतिको आँबु, बन्दीपुर र व्यासका विभिन्न वडाहरुको स्थलगत निरीक्षण, राहत-उद्धारबारे प्रजिअ र एस.पी.सँग समन्वय, संघीय सरकारलाई जानकारी, संसदमा बोल्ने वाचा।
    २. जेठ ७ मा दमौलीको फलफुल चोकमा भएको आगलागी पिडीतहरुसँग आगामी कदमबारे अन्तरक्रिया।
    ३. पवित्र आँधीमूल मन्दिरको स्थलगत भ्रमण र माछाहरु लोप भएको घटनाबारे मत्स्य अनुसन्धान केन्द्रसँग छलफल।
    ४. तनहुँ जिल्ला भलीवल संघद्वारा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलीवल प्रतियोगिताको समापन समारोहमा सरिक।
    ५. सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सयौंको संख्यामा दमौलीमा बुवा-आमाहरुको लर्को लाग्दा सेवाप्रवाहमा चाप परेको खबर आए लगत्तै महानिर्देशक युवराज कट्टेलसँग पटकपटक संवाद गरी समाधान-उन्मुख बाटोको पहिचान।
    ६. डुम्रे बजारका तात्कालिक समस्याबारे उद्योग वाणिज्य संघसँग प्रजिअ र एस.पी.को उपस्थितिमा छलफल।
    ७. दमौली अस्पतालका लागि रु. २५ लाख भन्दा बढी मूल्य पर्ने थप २ वटा डायलेसिस मेसिनको खरिद।
    ८. ‘युनाईटेड वर्ल्ड स्कुल्स’ सँगको सहकार्यमा तनहुँका १० वटा विद्यालयमा शैक्षिक स्तरोन्नतिको थालनी।
    ९. दमौलीमा पत्रकारहरुसँग समसामयिक राजनीति, अर्थतन्त्र र बजेटबारे छलफल।
    १०. दर्जनौं मतदाताहरुसँग ताजा भेटघाट र समस्या समाधानको पहल।