प्रथम म्याग्दे महोत्सव सुरु, पूर्वमन्त्री आलेद्वारा उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रथम म्याग्दे महोत्सव सुरु, पूर्वमन्त्री आलेद्वारा उदघाटन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । म्याग्दे गाउँपालिका–४ थर्पुस्थित थर्पु युवा क्लवको आयोजनामा शुक्रबारदेखि प्रथम म्याग्दे महोत्सव सुरु भएको छ । यस क्षेत्रको आर्थिक कारोबारलाई चलायमान गराउन, समग्र म्याग्देको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्धेश्य सहित क्लवले महोत्सव आयोजना गरिएको हो ।

    महोत्सवको गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री जितप्रकाश आलेले उदघाटन गरेका छन् । उनले मेला महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताए ।

    म्याग्देको प्रमुख व्यापारिक केन्द्र रहेको थर्पु बजारको सर्वाङ्गीण विकास महोत्सवको मुख्य लक्ष्य रहेको क्लवका अध्यक्ष नवराज हमालले बताए । आर्थिक मन्दीले शिथिल भएको व्यवसायलाई चलायमान बनाउन, स्थानीय कृषि उत्पादन लगायत सम्पूर्णलाई व्यापार व्यवस्थापन गर्न, म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रस्फूटन गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

    महोत्सव मूल संयोजक गौरवराज रानाले महोत्सवमा एक सय स्टल रहेको जानकारी दिए । ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवबाट आम्दानी भएको दुई प्रतिशत शिक्षा, स्वास्थ्यमा लगानी गरिने रानाको भनाइ छ ।

    महोत्सवका अवसरमा विद्यालय स्तरीय र एकल खुल्ला नृत्य कार्यक्रम समेत हुनेछ । नृत्यमा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।