टी-२० विश्वकप: सुपर आठमा वेस्ट इण्डिजविरूद्ध इंग्ल्याण्डको सानदार जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० विश्वकप: सुपर आठमा वेस्ट इण्डिजविरूद्ध इंग्ल्याण्डको सानदार जित

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८१, बिहीबार

    काठमाडाै । आइसिसी टी-२० विश्वकपमा इंग्ल्याण्डले वेस्ट इण्डिजमाथि सानदार जित निकालेको छ।

    बिहीबार बिहान भएको सुपर ओभरको पहिलो खेलमा इंग्ल्याण्डले वेस्ट इण्डिजविरूद्ध ८ विकेटको सानदार जित निकालेको हो। वेस्ट इण्डिजले दिएको १८० रनको लक्ष्य इंग्ल्याण्डल् १५ बल बाँकी छँदै २ वटामात्रै विकेट गुमाएर भेट्टाएको हो।

    इंग्ल्याण्डका फिल सल्टले विस्फोटक ब्याटिङ गर्दै ४७ बलमा ७ चौका र ५ छ्क्का हानेर ८७ रन बनाउँदैन नट आउट रहे। त्यस्तै २६ बल खेलेर ५ चौका र ३ छक्का हानेका जोनी बैर्स्टो ४८ रन बनाएर नट आउट रहे।

    कप्तान जोश बट्लरले २३ बलमा २ चौका हानेर २५ रन जोडे। मोइन अलीले १० बलमा १३ रनको योगदान गरे। वेस्ट इण्डिजका आन्द्रे रशेल र रोस्टन चेसले १/१ विकेट लिए।

    पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ४ विकेट गुमाएर १८० रन बनाएको थियो। त्यस क्रममा कप्तान रोवमन पवेल र निकोलश पूरनले ३६/३६ रन बनाए। कप्तान पवेलले १७ बलमा ५ छक्का हाने भने निकोलश पूरनले ३२ बलमा ४ चौका र १ छक्क हाने।

    वेस्ट इण्डिजका लागि जोनसन चार्ल्सले बनाएको ३८ रन सर्वाधिक रह्यो। उनले ३४ बल खेलेर ४ चौका र १ छक्का हानेका थिए।

    ओपनर ब्रान्डन किङ १३ बलमा ३ चौका र १ छक्का हानेर २३ रन बनाएर रिटायर्ड हर्ट भए।

    सर्फेन रथरफर्डले १५ बलमा १ चौका र २ छक्का प्रहार गरी २८ रनको योगदान गरे। आन्द्रे रशेल १ रनमा आउट भए।

    बलिङतर्फ इंग्ल्याण्डका लियम लिभिङस्टोन, मोइन अली, आदिल रसिद र जोफ्रा आर्चरले १/१ विकेट लिए।

    इंग्ल्याण्डले सुपर आठको खेलमा विजयी सुरूवात गरेको छ। इंग्ल्याण्डको समूहमा दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इण्डिज छन्।

    इंग्ल्याण्ड र वेस्ट इण्डिज दुवैले अब दक्षिण अफ्रिका र अमेरिकासँग खेल्न बाँकी छ।