काेशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काेशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    खबरपुञ्ज संवाददाता

    १० असार २०८१, सोमबार

    विराटनगर । काेशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेकाे रिटलाई सर्वोच्च अदालतकाे पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेकाे छ ।

    ३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेर आइतबारबाट सुनुवाइ सुरु गरेकाे थियाे । साेमबार पनि बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखेकाे हाे ।

    साेमबार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, माधव बस्नेत, डा. भीमार्जुन आचार्य, रमेश बडाल, प्रकाश केसी र डा. राजेन्द्र घिमिरेले बहस गरेका थिए ।