लायन्स क्लव म्याग्देद्वारा गणेश माविमा ५० हजारको अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    लायन्स क्लव म्याग्देद्वारा गणेश माविमा ५० हजारको अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८१, शुक्रबार

    दमौली । लायन्स क्लव अफ तनहुँ म्याग्देले छाङगैह्रास्थित गणेश माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ ।

    विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्न क्लवले ५० हजारको अक्षयकोष स्थापना गरेको हो ।

    क्लवका अध्यक्ष गौरवराज रानाले शुक्रबार उक्त रकमको चेक विद्यालयका अध्यक्ष बमबहादुर मसराङ्गीलाई हस्तान्तरण गरेका छन् ।

    अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी अध्ययनमा सहयोग पुर्याउने रानाले बताए ।

    कार्यक्रममा म्याग्दे-४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले क्लवले गर्दै आएको कामको प्रशंसा गरे ।

    विद्यालयका प्रधानाध्यापक शिवराज घिमिरेले क्लवले गरेको सहयोगले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने भन्दै धन्यवाद दिए ।

    सोही कार्यक्रममा क्लवले पॉच हजार बराबरको स्टेशनरी सामग्री वितरण गरेको थियो ।

    कार्यक्रममा क्लवका पूर्व अध्यक्ष सुन्दरमणि अधिकारी, गाउँपालिकाका कार्यपालिका सदस्य जानकी थापा लगायतले क्लवले गरेका कामको चर्चा गरेका थिए।