खोलामा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खोलामा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–७ पातलस्थित मादी नदीमा करेन्ट लगाई माछा मार्ने चार जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ सत्रसय बस्ने २५ वर्षीय पदमबहादुर ठकुरी, ४० वर्षीय पूर्ण विक, ५० वर्षीय शेरबहादुर दुरा र लमजुङको मध्यनेपाल नगरपालिका–४ वाग्लेफाँट बस्ने ४० वर्षीय लिलबहादुर दुरा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए ।

    आज बिहान ५ बजे करेन्ट प्रयोग गरी माछा मारिरहेको अवस्थामा निजहरुलाई रातो रङगको ब्याट्री एक थान, करेन्ट प्रवाह गर्ने मोटर एक थान, प्लाईबक्स एक थान, तार सहितको टाँगा दुई र घोल्याङ एक थान सहित तीन किलो पाँच सय ग्राम माछा बरामद गरिएको छ ।