स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८१, सोमबार

    काठमाडौं । स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

    गेल्सेनकर्चेनमा आइतबार राति भएको अन्तिम १६ को खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा स्लोभाकियालाई २(१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

    इङ्ल्यान्डको जितमा जुड बेलिङ्घम र कप्तान ह्यारी केनले गोल गरे।

    २५औं मिनेटमा स्लोभाकियाका लागि इभान स्क्रान्जले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।

    खेलमा एक शून्य गोलले पछि परेको इङ्ल्यान्डले बेलिङ्घमको गोलबाट नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो।

    अतरिक्त समयको पाँचौं मिनेट बेलिङ्घमले उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए।

    अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तान ह्यारी केनले गोल गर्दै २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल हुन सकेन।

    जितसँगै इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड सामना गर्नेछ। स्वीट्जरल्यान्डले साविक विजेता इटालीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।