दमाैली। देवघाटस्थित नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेकाे छ । भारी वर्षाका कारण नदीमा पानीकाे बहाव बढेकाे र जलसतह सतर्कता तह नजिक पुगेकाे हाे ।
भारी वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभागको भनाइ छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३८८ मि)नजिक पुगेको विभागले जनाएको हो ।