जेफ्रीको घातक बलिङमा श्रीलंकाको सानदार पूनरागमन जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जेफ्रीको घातक बलिङमा श्रीलंकाको सानदार पूनरागमन जित

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    काठमाडौं ।स्पिनर जेफ्री वान्डरसेले घातक बलिङ गर्दै ६ विकेट लिएपछि श्रीलंकाले दोस्रो ओडीआई खेलमा भारतलाई ३२ रनले हराएको छ । योसँगै तीन ओडीआई खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ ।

    पहिलो ओडीआई खेल टाइ भएको थियो ।जित्नलाई २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा २०८ रनमा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । शुभमन गिलले ४४ बलमा ३ चौकासहित ३५ रन जोडे ।

    भारतलाई ओपनर रोहित शर्मा र शुभमन गिलले १३.३ ओभरमा ९७ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । जेफ्रीको बलमा रोहित पाथुमबाट क्याच आउट भएपछि भारतले निरन्तर विकेट गुमायो ।

    मध्यक्रममा अक्षर पटेल ४४ बलमा ४ चौका र २ छक्कासहित ४४, वासिन्टन सुन्दर १५, विराट कोहली १४, श्रेयस ऐर ७, लोकेश राहुल र शिवम समान शून्यमा आउट भए । श्रीलंकाका स्पिनर जेफ्री वान्डरसे १० ओभरमा ३३ रन खर्चेर ३ तथा कप्तान चरिस असलंकाले ३ विकेट लिए ।