प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८१, बिहीबार

    पाेखरा । प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।

    उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

    उनीहरू उपर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।