आँबुखैरेनी दुर्घटनाले स्तब्ध बनाएको छ : नेपाली काँग्रेस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आँबुखैरेनी दुर्घटनाले स्तब्ध बनाएको छ : नेपाली काँग्रेस

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    काठमाडाै । नेपाली काँग्रेसले तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाले स्तब्ध बनाएको बताएको छ । घटानाप्रति काँग्रेस कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग् माग गरेको छ ।

    काँग्रेस केन्द्रीय समिति बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘पोखराबाट काठमाडौँ तर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मस्र्याङ्दी नदीमा आज खस्दा ४३ जना यात्रु मध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएको यो संवेदनशील घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ र कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।’ 

    त्यसैगरी काँग्रेसले रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिकाको वडा नम्बर २९ सत्रकिलोमा माथिबाट खसेको ढुंगाका कारणले बस अनियन्त्रित भई पल्टिदा २५ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।