काठमाडौ । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आएकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनी दुर्घटनाका घाइतेलाई भेट्न टिचिङ अस्पताल पुगेकी छन् । घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।