तनहुँ बस दुर्घटनाः तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट लगिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ बस दुर्घटनाः तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट लगिने

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८१, शनिबार

    चितवन । नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो ।

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

    सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

    यो बस पोखराबाट काठमाडौँ जाँदै थियो । राजधानी काठमाडौँबाट ११८ किलोमिटर टाढा नेपालको तनहुँ जिल्लामा यो दुर्घटना भएको थियो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । (नारायणी अनलाइनबाट)