दमाैली । लियो क्लव अफ तनहुँले हरितालिका तीज पर्वको अवसरमा व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक आश्रमका वृद्धवृद्धालाई दर खुवाएको छ ।
ज्येष्ठ नागरिक आश्रममा रहेका वृद्धवृद्धालाई तीज पर्वमा खुसी साटासाट गर्ने उद्धेश्यले क्लवले दर खुवाएको हो ।
क्लवका प्रथम उपाध्यक्ष रोविन श्रेष्ठले सामाजिक सेवामा सक्रिय क्लवले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।