दमौली । तनहुँ कारागारमा रहेका ७ जना कैदीबन्दी संविधान दिवसको अवसरमा रिहा हुने भएका छन्। ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दी रिहा गर्ने सरकारको निर्णय बमोजिम तनहु कारागारमा रहेका ७ जना पनि असोज ३ गते रिहा हुने भएका हुन् ।
तनहुँ कारागारबाट रिहा हुनेमा नकबजनी चोरी, बहुविवाह, सवारीजन मुद्दाका कैदीबन्दी रहेका छन्।
कारागार व्यवस्थापन विभागले उनीहरू विरुद्ध कुनै उजुरी वा गुनासो भए उजुरी गर्न आह्वान गर्दै सूचना सार्वजनिक गरेको छ।