म्याग्दे गाउँपालिकाले असाेज ६ देखि घुम्ती शिविर गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाले असाेज ६ देखि घुम्ती शिविर गर्ने

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रुपमा प्रदान गर्न घुम्ती शिविर आयोजना गर्ने भएको छ । गाउँपालिकाले असोज ६ गतेदेखि कात्तिक ९ गतेसम्म सबै वडामा पुगेर एकीकृत सेवा प्रदान गर्नेछ ।

    पालिकाको पहुँच भन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजस्व सङ्कलन लगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्धेश्य अनुसार एकीकृत घुम्ती शिविर गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठे जानकारी दिए ।

    असोज ६ गतेदेखि सुरु हुने शिविर कात्तिक ९ गते सकिनेछ । शिविरमा स्वास्थ्य तर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परीक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    कृषितर्फ उन्नत जात बीउविजन वितरण, विभिन्न अनुदानका सूचनाका माग सङ्कलन, पशु सेवा तर्फ बिरामी पशुपंक्षीहरुको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरिनेछ ।

    पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिसहरु, उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सूचीकृत सेवा उपलव्ध गराइने अधिकारीले बताए।