दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई तनहुँ भ्रमणको निम्तो दिएको छ । शनिबार मेयर साम्पाङसँग भेट गरी उनलाई तनहुँ भ्रमणको निम्तो दिइएको क्लवका सचिव पवन पौडेलले जानकारी दिए ।
त्यसक्रममा सामाजिक कामका लागि रोटर्याक्ट क्लव सहकार्य गर्न तयार रहेको विषयमा छलफल भएको थियो ।
भेटमा क्लवका अध्यक्ष रवि अधिकारी, गोविन्द तिमिल्सना, सुशन पन्थ सहभागी थिए ।