प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट भट्टराई पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट भट्टराई पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवनमा आइतबार आयोजित कार्यक्रममा भट्टराई नगद रु १५ हजार सहित पुरस्कृत भएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भट्टराईलाई पुरस्कृत गरे ।

    पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रही पुर्याएको योगदानको कदर स्वरुप भट्टराईलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।