गोरखकाली आवासीय माविद्वारा निशुल्क कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोरखकाली आवासीय माविद्वारा निशुल्क कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८१, मंगलवार

    दमौली। तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले निशुल्क कपडा वितरण गरेका छन् ।

    विद्यालयमा गठित इन्टर्याक्ट क्लवले पूर्व विद्यार्थी स्वर्गीय प्रजिता श्रेष्ठको स्मृतिमा व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलबार कार्यक्रमको आयोजना गरी कपडा वितरण गरेका हुन् ।

    विपन्न वर्गलाई लक्षित गरेर गरिएको कार्यक्रममा आफूलाई मन परेको पॉच/पॉच थान कपडा एक सय १४ जनालाई वितरण गरिएको क्लवका अध्यक्ष मेहेजमिन खातुनले जानकारी दिइन् ।

    दशैंलाई लक्षित गरी कपडा वितरण गरिएकामा बोटे, मगर, दलित समुदायका व्यक्ति हर्षित भएको विद्यालयका प्रधानाध्यापक वीणा कैनीले जानकारी दिइन् ।

    विद्यालयका विद्यार्थी र शिक्षकहरुबाट सङ्‌कलित २० हजारमा विद्यालयका तर्फबाट १५ हजार सहयोग गरी कपडा खरिद गरिएको थियो । कपडा वितरण अभियानका लागि श्रीवत्स कलेक्सन, निरज गार्मेन्ट लगायतले सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक तीर्थ रानाभाटले जानकारी दिए।

    कपडा वितरण कार्यक्रम बुधबार व्यास नगरपालिका-२ भोर्लेटारचोकमा गरिने विद्यालयले जानकारी दिएको छ ।