पाटनका ज्येष्ठ नागरिकको निशुल्क मुटु परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाटनका ज्येष्ठ नागरिकको निशुल्क मुटु परीक्षण

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    दमाैली । नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले व्यास नगरपालिका–३ दमौली स्थित नेशनल एपोलो हस्पिटलको सहयोगमा जेष्ठ नागरिकको मुटु परिक्षण गरिएको छ । विश्व मुटु दिवसको उपलक्ष्यमा व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रितहरु, आश्रममा आबद्ध जेष्ठ नागरिकको मुटुको जाँच गरिएको हो ।

    आश्रम रहेका आमा तथा बुबाहरु तथा अन्य जेष्ठ नागरिकहरुको मुटुको परिक्षण गर्नुको अतिरिक्त मुटु रोगबाट बच्ने उपायको बारेमा जानकारी समेत प्रदान गरिएको थियो । ७८ जना जेष्ठ नागरिको मुटु परिक्षण गरिएको प्रतिष्ठानले जनाएको छ ।

    शिविरको व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले उद्घाटन गर्दै जेष्ठ नागरिकको स्वास्थ्य प्रति गंभिर बनेर शिविर गरेकोमा सोतीले आयोजक तथा सहयोगी नेशनल एपोलो हस्पिटललाई धन्यवाद दिए।

    प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तव्य तथा स्वास्थ्य शिविरको बारेमा प्रतिष्ठानका उपाध्यक्ष चुडामणी दाहालले जानकारी दिएका थिए ।

    कार्यक्रममा जेष्ठ नागरिक चौतारी आश्रम तनहुँका अध्यक्ष तारानाथ घिमिरेले आश्रममा आश्रिम जेष्ठ नागरिक सबैको स्वास्थ्यमा समस्या रहेकोले शिविरको आयोजना गरेर प्रशंसनीय काम गरेको भन्दै खुसी व्यक्त गरे ।

    कार्यक्रममा इसिजी मार्फत मुटुको परिक्षण गरिएको थियो । मुटु परिक्षण शिविरमा नेशनल एपोलो हस्पिटलका डा. सुरेन्द्र रोकामगरको नेतृत्वमा स्वास्थ्यकर्मीहरु सुनिता धमेल र जीवन श्रेष्ठले स्वास्थ्य परीक्षण गरेका थिए ।