महिला उद्यमी संघ दमौली बजार इकाइको शुभकामना आदानप्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    महिला उद्यमी संघ दमौली बजार इकाइको शुभकामना आदानप्रदान

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    दमौली । महिला उद्यमी सङ्घ नेपाल तनहुँ दमौली बजार इकाइले नेपालीहरूको महान चाड विजयादशमी शुभ दिपावली नेपाल सम्वत र ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

    दमौली बजार इकाईकी अध्यक्ष पवित्रा खनालको सभापतित्वमा आयोजित कार्यक्रमको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरेले उद्घाटन गरेकी छन्। कार्यक्रममा दरैले नेपालका चाड पर्वहरू महत्वपूर्ण रहेको बताइन्।

    संस्कार संस्कृतिको जगेर्ना गरे मात्र नेपालीको पहिचान हुने उनको भनाइ थियो चाडपर्वलाई भड्किलो बनाउन नहुनेमा दरैले जोड दिइन् उनले मुलुकमा अबिरलको वर्षाले विपत्ति आएको भन्दै यस्ता विपत्तिको खबर कहिले पनि सुन्न र झेल्न नपरोस् भन्ने कामनासमेत व्यक्त गरेकी छन्।

    कार्यक्रममा महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले महिला उद्यमी संघ नेपाल तनहुले छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताएकी छन् उनले छरिएर रहेका महिला उद्यमीहरुलाई संगठित गर्दै महिला उद्यमीहरूको सीप क्षमताको सदुपयोग गर्न महिला उद्यमी संघ तलिन रहेको बताइन् ।

    उनले नेपालीहरूको महान चाडको अवसरमा शुभकामना व्यक्त गर्दै देशको उन्नति प्रगति र समृद्धिको समेत कामना गरिन्। अविरलको वर्षाले मुलुकमा विपत्ति निम्ताएकोमा दुख व्यक्त गर्दै नजिकै रहेका चाडपर्वको समयमा यस्ता दुःखद खबरहरू सुन्न नपरोस् भन्ने अपेक्षा समेत व्यक्त गरिन्।

    कार्यक्रममा व्यासचारकी वडा सदस्य गौकुमारी न्यौपानेले आफ्नो क्षमता अनुसार चाडपर्व मनाउनुपर्नेमा जोड दिँदै चाडपर्वको समयमा स्वास्थ्यको ख्याल गर्न जरुरी रहेको बताइन्।

    कार्यक्रममा मादी सेती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुशीला शर्माले सम्पूर्ण चाडपर्व नेपालीको पहिचान रहेकाले हातेमालो गर्दै एक अर्काको संस्कृतिप्रति सम्मान व्यक्त गर्दै चाडपर्व मनाउनुपर्ने बताइन्।

    कार्यक्रममा महिला उद्यमी सङ्घ नेपाल तनहुका पदाधिकारी एवं सदस्यहरू विभिन्न क्लबका पदाधिकारी एवं सदस्यहरू साथै महिला उद्यमीहरूको उपस्थिति रहेको थियो। संस्थाकी उपाध्यक्ष चिजा गुरुङले गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सीता पण्डितले गरेकी थिइन् ।