इनरह्विल क्लवबाट वेदव्यास आश्रमलाई एघार हजार सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    इनरह्विल क्लवबाट वेदव्यास आश्रमलाई एघार हजार सहयाेग

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमाैली । इनरह्विल क्लव दमाैलीले वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयाेग गरेकाे छ । क्लवले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसर पारेर मङ्गलबार चापाघाटस्थित आश्रमलाई ११ हजार १ सय २१ सहयाेग गरेकाे हाे ।

    क्लवकी अध्यक्ष नारायणी मल्लले उक्त रकम आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई हस्तान्तरण गरेकी थिइन् ।

    महिलाले सञ्चालन गरेकाे आश्रम विभिन्न व्यक्ति, सङ्घसंस्थाकाे सहयाेगले चलिरहेकाे छ ।