शुक्र चुमानकाे चेतावनीपछि डा‍. स्वर्णिम वाग्लेले भने – सस्ताे प्रचारबाजी नलागाै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    शुक्र चुमानकाे चेतावनीपछि डा‍. स्वर्णिम वाग्लेले भने – सस्ताे प्रचारबाजी नलागाै

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-३ स्थित पृथ्वीराजमार्गकाे सुधारकाे काम अगाडी नबढेपछि गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मङ्गलबार काम नगरे सडक भत्काइिदने चेतावनी दिए । उक्त क्षेत्रमा दिनहुँजसो दुर्घटना हुने गरेको र सडक मर्मतका लागि पटक-पटक आग्रह गर्दा पनि काम नभएकाे र सङ्घीय जनप्रतिनिधिले यसमा चासाे नदिएकाे चुमानले आराेप लगाएका थिए ।

    चुमानले सामाजिक सञ्जालमा यस्ताे चेतावनी दिएपछि तनहुँ १ का सांसद डा. स्वर्णिम वाग्लेले कसैले पनि सस्ताे प्रचारबाजी नगर्न आग्रह गरेका छन् । वाग्लेकाे सचिवालयले सडक खस्राे बनाउने वा बालुवाकाे उपयाेग गर्ने विकल्लपमा गृहकार्य भइरहेकाे जनाएकाे छ ।

    सचिवालयले भनेकाे छ, ‘बजार क्षेत्रमा चिप्लो सडकका कारण दुर्घटनाहरु बढेकोबारे स्थानीय साथीहरुले ध्यानाकर्षण भएकाे छ । उहाँ भर्खरै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण छोट्याएर फर्कनुभएको छ। सडक विभागका महानिर्देशक ई. रामहरी पोखरेल, तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र तनहुँस्थित सडक डिभिजन प्रमुख राजीव श्रेष्ठ सबैसँग सांसदले छलफल गर्नु भएको छ।”

    सडककाे काम सम्पन्न गरेकाे ठेकेदारलाई तुरुन्तै तनहुँ आमन्त्रण गरिएकोमा बाढी-पहिरो र सडक अवरुद्ध भएकोले १-२ दिन समय लाग्ने र ठेकेदारसँगको परामर्शमै सडक खस्रो बनाउन ‘प्रिमिक्स’ वा बालुवाको उपयोग गर्ने विकल्पमा गृहकार्य भैरहेको राजीव श्रेष्ठले बताएकाे वाग्लेकाे सचिवालयले जनाएकाे छ । सचिवालयले प्राविधिक र आर्थिक तयारी गरेर काम सफल बनाउन निरन्तर फलोअप भइरहेकाले सस्ताे प्रचारबाजीमा नलाग्न आग्रह गरेकाे छ ।