रविलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाए सहकारी पीडितले कालोझण्डा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रविलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाए सहकारी पीडितले कालोझण्डा

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    चितवन । सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन मुग्लिन आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

    सर्वाजनिक सुनुवाई सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका थिए । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए ।