नुवाकोटमा गाडी दुर्घटनामा मृत्यु हुने तनहुँका खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नुवाकोटमा गाडी दुर्घटनामा मृत्यु हुने तनहुँका खनाल

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८१, शनिबार

    काठमाडौ । काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

    बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा तनहुँको व्यास-९ घर भई काठमाडौ बस्ने ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

    उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।