करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन कर्मचारी संगठनको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन कर्मचारी संगठनको माग

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    दमौली। नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँले व्यक्तिगत पुर्वाग्रहको आधारमा करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन माग गरेको छ ।

    संगठनका सचिव भगवान त्रिपाठीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै प्रचलित ऐन कानुन बिपरित व्यक्तिगत पुर्वाग्रहका आधारमा करार÷अस्थायी कर्मचारीहरुको रोजिरोटी खोस्ने मनसायले गरिएका निर्णयको विरुद्ध सामूहिक आवाज बुलन्द पार्न अनुरोध गरेका छन् ।

    पछिल्लो समय स्थानीय तहहरुले करारमा कार्यरत कर्मचारीहरुको करार सम्झौता अन्त्यको निर्णय गर्ने होडबाजी चलेको सम्बन्धमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ ।

    ‘स्वीकृत बजेट र दरबन्दी भित्र करारमा कार्यरत कर्मचारीहरुलाई सेवा करारको पदमा स्थायी कर्मचारीद्वारा पदपूर्ति भएमा वा करार सेवामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादनस्तर मुल्यांकन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ प्रतिकुल हुने गरी कामकाज भएमा वा अन्य प्रचलित कानूनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार÷अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्न÷नगराउन भनी राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली २०६५ को नियम ७(३) बमोजिम सम्माननिय प्रधानमन्त्रीस्तरको मिति २०८०÷१०÷२९ गते भएको निर्णयलाई अवगत गराउदै उक्त निर्णयको प्रतिकुल हुने गरि कुनै पनि निर्णय नगर्न÷नगराउनुहुन सम्पुर्ण स्थानीय तहहरुलाइ अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।