व्यास नपाद्वारा प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नपाद्वारा प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । देशभरको विपत्तिमा सहयोग पु¥याउने उद्धेश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा साेमबार बसेको कार्यपालिकाको बैठकले हालसालै आएको वर्षाबाट प्रभावित नगरपालिका अन्तर्गतका सबै वडाहरुको विवरण अध्ययन गरी प्रभावित घर, खानेपानीका संरचना, सडक संरचनालाई पुनस्थापनमा सहयोग पु¥याउने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

    बैठकले नगर क्षेत्रभित्र बढ्दो डेङ्गुको सङ्क्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परम्पर सद्भाव र सकारात्मक सोचका साथ दसैं मनाउन आग्रह गरेको छ ।