दसैंका लागि दमाैलीमा बेच्न ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दसैंका लागि दमाैलीमा बेच्न ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    दमाैली । दसैंका लागि विक्री गर्न तनहुँ सदरमुकाम दमौली ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिका–३ प्रशासनचोकमा विक्रीका लागि राखिएका खसीबोकाको साेमबार स्वास्थ्य परीक्षण गरेको हो ।

    दसैंका बेला उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए ।