


दमाैली । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टिकटक प्रतियाेगिता आयाेजना गरेकाे छ । दसैकाे अवसर पारेर लिमिटेडले टिकटक प्रतियाेगिता आयाेजना गरेकाे हाे ।
जसअनुसार सहभागीले केबलकारकाे प्रमाेशन गीत वा बन्दीपुर केबलकारकाे स्टेशन परिसरमा भिडियाे बनाउनुपर्नेछ । धेरै शेयर, उत्कृष्ट भिडियाे र धेरै पटक हेरिएका भिडियाेलाई नगद रु दश हजार पुरस्कार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
असाेज १९ देखि कात्तिक १५ गतेसम्मकाे भ्युज र शेयरकाे आधारमा निर्णय लिइने जनाइएकाे छ ।