कुशल भुर्तेलको उत्कृष्ट व्याटिङ, अमेरिकालाई १७१ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कुशल भुर्तेलको उत्कृष्ट व्याटिङ, अमेरिकालाई १७१ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    काठमाडौ । दोस्रो टी-२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो।

    अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे।

    नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए।

    गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए। दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के। करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए।

    बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए।

    सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ।