म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    पोखरा । सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

    सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका सोही दिन राति नै पोखरा ल्याइएको थियो ।