तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा नारायण राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।
बालकको शव घरभन्दा १ हजार ५०० मिटरको दूरीमा जङ्गलमा भेटिएको स्थानीयवासी देवबहादुर थापाले जानकारी दिनुभयो ।