नारायणघाट-मुग्लिन सडकमा बस र माइक्रो ठोक्किँदा मृत्यु भएका पाँच जनाको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणघाट-मुग्लिन सडकमा बस र माइक्रो ठोक्किँदा मृत्यु भएका पाँच जनाको सनाखत

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८१, शुक्रबार

    चितवन । नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । बिहान ३ बजे मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका ४ स्थित बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल, सोही ठाउँकी ३३ वर्षिय सविना भुषाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् । मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए । (नारायणी अनलाइनबाट)