दमाैली । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ तनहुँ आउने भएका छन् ।
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं को १२ औं राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि मन्त्री गुरुङ तनहुँ दमाैली आउन लागेका हुन् । छोंज धीं को महाधिवेशन भोलि कात्तिक २४ गतेदेखि २६ गतेसम्म दमौलीमा हुन लागेको हो ।
राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहने जानकारी दिए ।