मङ्सिरको पहिलो मङ्गलबार थानीमाइमा ४३ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मङ्सिरको पहिलो मङ्गलबार थानीमाइमा ४३ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०८१, बुधबार

    दमौली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिर महिनाको पहिलो मङ्गलबार ४३ फूलको डोली भित्रिएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् ।

    त्यसक्रममा पाँच हजार पाँच सय भक्तजनले मन्दिरमा पूजाअर्चना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए । त्यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या चार सय ७० रहेको थापाले बताए ।

    थापाका अनुसार तनहुँका अतिरिक्त छिमेकी लमजुङ, गोरखा, चितवन लगायतका जिल्लाबाट भक्तजन फूलको डोली सहित मन्दिरमा आएका थिए ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाइमा फूलको डोली भित्र्याइन्छ ।