गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०८१, मंगलवार

    बागलुङ। गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धि खोजपड्तालका लागि गण्डकी प्रदेशमानै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो ।

    क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख रुपैयाँ खर्चेर खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोजपड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगकको पहिचान गरिने मन्त्री पाठकले बताए । क्षयरोग लागयतका छातीसम्बन्धि रोगको समयमा उपचार नहुँदा नागरीकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रबिधि, जनक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए ।