दोस्रो मंगलबार थानीमाईमा भित्रिएन फूलको डोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो मंगलबार थानीमाईमा भित्रिएन फूलको डोली

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०८१, मंगलवार

    दमौली । भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिर महिनाको दोस्रो मंगलबार फूलको डोली भित्रिएन । दोस्रो मंगलबार एकादशी परेका कारण मन्दिरमा फूलको डोली नभित्रिएको हो । पहिलो मङ्गलबार भने ४३ फूलको डोली भित्रिएको थियो ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।

    मन्दिरमा साउन महिना, एकादशी र औंसीमा भने फूलको डोली भित्रिदैन ।

    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ ।