गोरखा । दरौदी नदी तर्ने क्रममा गोरखामा बिहीबार दुई किशोर बेपत्ता भएका छन् । पालुङटार नगरपालिका–१ खुर्पाजुङका १५ बर्षीय प्रज्वल श्रेष्ठ र अन्दाजी १६ बर्षका सविन श्रेष्ठ वेपत्ता रहेको प्रहरीले जनाएको हो ।
गोरखा नगरपालिका- ३ बेनिखोलामा भएको फुटबल खेल हेर्न भनेर चार जना गएको र नदी तर्ने क्रममा दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।