दमौली । ऑबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि स्वीकृति दिएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसहितका जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवा वृद्धिमा सघाउने प्रतिबद्धता जनाएका थिए ।
सोहीअनुसार मन्त्री पौडेलले मन्त्रालयअन्र्तगतको परिवार कल्याण महाशाखामार्फत अस्पताललाई स्वीकृति दिन भनेका थिए । अनुगमनपश्चात हालै स्वीकृति प्राप्त भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस पहलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पोडेललाई धन्यवाद ज्ञापन गरेका छन् । यो सेवा थपिए पछि सुत्केरीको शल्यक्रिया सेवाका लािग बजारबाहिर जानु पर्ने अवस्था हट्ने उनले बताए ।
मन्त्री पौडेलले अस्पतालमा डायलसिस सेवाका लागि समेत अनुमति दिलाएका थिए । अस्पतालका लागि आवश्यक केही उपकरणसमेत मन्त्रालयले उपलब्ध गराइसकेको छ ।